नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीले ‘एक गाउँ, एक कमिटी’ गठन गर्ने
भालुवाङ १७ फागुन। नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको प्रथम पूर्ण बैठक शनिबार बराखुटीमा सम्पन्न भएको छ।
बैठक गाउँ कमिटीका अध्यक्ष रण बहादुर पुजाली ‘राजेन्द्र’ को अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले प्रत्येक वडामा ‘एक गाउँ, एक कमिटी’ गठन गर्ने निर्णय गरेको छ। त्यस्तै पार्टीको गतिविधि प्रभावकारी रूपमा सञ्चालन गर्न सचिवालय तथा विभिन्न विभागहरू गठन गर्ने निर्णय गरेको गाउँ कमिटीका सचिव जगत थापाले जानकारी दिए ।
त्यसैगरी बैठकले नौ वटै वडाका लागि विभिन्न व्यक्तिहरुलाई वडा इन्चार्ज र सह-इन्चार्जकाे जिम्मेवारी ताेकेकाे छ। साथै, बैठकले पार्टीद्वारा सञ्चालित राष्ट्रव्यापी हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत आगामी चैत ४ गते दाङ देउखुरीको गढवामा हुने जागरण सभामा राप्तीबाट व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ।

