प्रजातन्त्र दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता : श्री मावि मौरीघाट प्रथम



प्रजातन्त्र दिवसका अवसरमा हाजिरीजवाफ प्रतियोगिता : श्री मावि मौरीघाट प्रथम

भालुवाङ ६ फागुन। ७४औं प्रजातन्त्र दिवका अवसरमा नेपाल विद्यार्थी संघ राप्तीले आज श्री मावि मौरीघाटमा कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा श्री मावि मौरीघाट प्रथम भएको छ । प्रतियोगितामा प्रथम हुने क्याम्पसले नगद ५ हजार रुपैया सहित प्रमाणपत्र जितेको छ । त्यसैगरी प्रतियोगितामा श्री सर्वोदय मावि सिसहनियाँ द्वितीय र श्री आर्दश नमुना मावि लालमटिया तृतीय हुन सफल भएका छन्। द्वितीय हुने कलेजले नगद ४ हजार रुपैयाँ र तृतीय हुनेले नगद ३ हजार पुरस्कार प्राप्त गरेको नेपाल विद्यार्थी संघ राप्तीका संयोजक खुम बहादुर चौधरीले जानकारी दिएका छन् । प्रतियोगितामा समसामयिक विषयबस्तु, राजनीति, भूगोल, बिज्ञान, बाताबरण लगायतका विभिन्न विषयहरुमा प्रश्न सोधिएको थियोे ।

प्रतियोगितामा राप्ती गाउँ पालिकाका ५ वटा कलेजहरुले सहभागिता रहेको थियो । नेपाल विद्यार्थी संघ राप्तीका संयोजक खुमबहादुर चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेस महाधिवेशन सदस्य बिलोचन चौधरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने। मावि मौरीघाटका शिक्षक बासुदेव रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ दाङ जिल्ला सदस्य दिपेस डिसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे