सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको ६५ औं वार्षिकोत्सब



सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको ६५ औं वार्षिकोत्सब

सिसहनियाँ २ फागुन । लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता शर्मा चौधरीले विद्यालय शिक्षा आर्जन गर्ने मन्दिर भएको बताएकी छिन् ।

शिक्षाको गुणस्तर कस्तो बनाउने भन्ने दायित्व अभिभावकको पनि भएकाले त्यस तर्फ ध्यान दिन सुझाव दिइन्। शुक्रबार सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँको ६५ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै मन्त्री चौधरीले विद्यालयको शैक्षिक सुधारका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता जनाएकी छिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री सीता शर्मा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयको प्रगति विवरण विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताले प्रस्तुत गरेको गरेका थिए ।

शिक्षक लक्षण सारू मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, नेकपा एमाले राप्ती गाउँपालिका कमिटी अध्यक्ष मदन अधिकारी, नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटी अध्यक्ष रणप्रसाद पुजाली, प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष भरतप्रसाद पाण्डे, बाल कल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक कालुसिंह थापा, विद्यालयको निर्वतमान प्रधानाध्यापक गोविन्द केसी, पुर्व प्रधानाध्यापक कृष्णप्रसाद पौडेल, अभिभावक मोतीराम विसी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बोल्ने वक्ताहरूले शिक्षाको गुणस्तर सुधार गर्न सवै जिम्मेवार हुनुपर्ने बताएका छन् । उनीहरूले सामुदायिक विद्यालयका शिक्षकको सोचाइ तथा चिन्तन समेत परिवर्तन हुन जरूरी रहेको बताएका छन् । पठनपाठन कस्तो हुनुपर्छ भन्ने हात शिक्षकमा हुने हुँदा त्यस तर्फ ध्यान दिन र अभिभावकले पनि विद्यालयको अवस्था बारे समय– समयमा जानकारी दिन आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा मेधावी छात्रा छात्र, विद्यालय तथा कक्षा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, गरिव, विपन्न तथा जेहेन्दार छात्र छात्राहरूलाई पुरस्कार तथा छात्रवृत्ति समेत वितरण गरिएको थियोे । भने विद्यार्थीहरूले नेपालका राष्ट्रिय विभुतीहरूको छवि प्रस्तुति, मौलिक गीत तथा नृत्य लगायतका साँस्कृतिक प्रस्तुति देखाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे