जनयुद्ध दिवस”को अवसरमा दाङको बंगलाचुली गाउँपालिकाले दियो सार्वजनिक बिदा



जनयुद्ध दिवस”को अवसरमा दाङको बंगलाचुली गाउँपालिकाले दियो सार्वजनिक बिदा

दाङ ३० माघ ।  दाङको बंगलाचुली गाउँपालिकाले भोलि फागुन १ गते अर्थात् जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसर पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

प्रवक्ता शोभाराज विश्वकर्माका अनुसार कार्यपालिका वैठकबाट बंगलाचुली गाउँपालिका  मातहतका सम्पूर्ण कार्यालयमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।” यसैविच बंगलाचुली गाउँपालिकाको कार्यालयले विदा सम्बन्धी सार्वजनिक सूचना जारी गरेर सबैलाई विदाको जानकरी गराएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ,” यस बंगलाचुली गाउँपालिकाको मिति २०८१।१०।२९ गते बसेको गाउँ कार्यपालिकाको वैठकको निर्णय अनुसार मिति २०८१ फाल्गुन ०१ गते बिहिवारका दिन जनयुद्ध दिवस २०८१ को अवसरमा बंगलाचुली गाउँ कार्यपालिकाको कार्यालय र अन्तरगतका सवै सरकारी कार्यालयहरु एवं शिक्षण संस्थाहरुमा समेत एक दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

यसैविच गाउँपालिका अध्यक्ष तुल्सिराम पुनमगरले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको सन्दर्भमा प्रतिक्रिया दिँदै जनयुद्ध दिवसलाई सामाजिक न्याय, समानता, र समावेशी विकासको लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताए । उनले भने,”जनयुद्ध नेपालका उत्पीडित, उपेक्षित, र पछाडि पारिएका वर्गहरूको मुक्तिको आन्दोलन थियो । यस दिवसलाई केवल एउटा ऐतिहासिक घटना मात्र नभई, समतामूलक समाज निर्माणको दिशामा मार्गदर्शक तत्वका रूपमा बुझ्नुपर्छ।”

अध्यक्ष पुनले जनयुद्धका उपलब्धिहरूलाई संरक्षण गर्दै देशमा सामाजिक न्याय र विकासका कार्यक्रमहरू अघि बढाउनुपर्नेमा जोड दिए । उहाले जनयुद्ध दिवसको ओैचित्यमाथी प्रकाश पार्दै  थपे , “जनयुद्धको भावना भनेको मात्र हतियार उठाउने विषय थिएन, बरु समाजको सबै पक्षलाई न्यायपूर्ण तरिकाले अघि बढाउने सोच थियो।

हामीले यस दिवसलाई समाज रूपान्तरण र समावेशी विकासको अभियानका रूपमा लिनुपर्छ। “अध्यक्ष पुनमगरले जनयुद्ध दिवको अवसरमा सार्वजनिक  बिदा दिने निर्णयले जनयुद्धका बलिदानहरूलाई सम्मान गर्ने, यसको सन्देशलाई सही रूपमा सम्प्रेषण गर्ने, र वर्तमान तथा भविष्यका लागि सकारात्मक पहलहरू अघि बढाउने बताए ।

जनयुद्ध दिवस नेपालमा विशेष महत्व राख्ने दिन हो। तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र संघर्षको सुरूवात गरेको थियो, जसले नेपालको राजनीतिक परिदृश्यलाई बदल्ने महत्त्वपूर्ण मोड ल्यायो। जनयुद्धको माध्यमबाट संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, र समानुपातिक प्रतिनिधित्वजस्ता प्रणालीगत परिवर्तनहरू स्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे