लमही महोत्सवमा प्रिति पासवानको क्रेज



लमही महोत्सवमा प्रिति पासवानको क्रेज

लमही २६ माघ । दाङको लमहीमा सञ्चालित सातौं देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को शनिवार १७ औं दिनमा अहिले सम्मकै थामी नसक्नुको भिड देखियो ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा शनिवार चर्चित टिकटक स्टार, मोडेल तथा डान्सर प्रिति पासवानलाई हेर्न गाउँगाउँबाट हजारौंको संख्यामा दर्शकहरु आएका थिए । प्लेन टिकट ढिला भएका कारण झमक्क साँझ परेपछि स्टेजमा चढेकी पासवानलाई हेर्न आएका युवाहरुको क्रेज राम्रो देखियो । पासवान आफु मात्र नाचेनिन् उनले आफ्नो साथमा लिएर आएकी आफ्नी बहिनी मोडेल तथा डान्सर चाँदनी पासवान सँगै नाचिन् । कहिले एकल त कहिले डबल गरी आधा दर्जन बढी भोजपुरी गीतमा नाचेर दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएकी थिइन् । उनको त्यो नृत्यमा दर्शकहरुले हुटिङ गर्दै नाचेर साथ दिएका थिए ।

बारा जिल्लामा जन्मेकी प्रिति पासवान पछिल्लो समय चर्चामा आएकी छन् । प्रिति एक टिकटक स्टार, मोडेल तथा डान्सर हुन् । उनी अहिले निकै लोकप्रिय भएकी छन् । दर्शकले उनको टिकटक र डान्सलाई मन पराएका छन् । उनले देश–विदेशमा समेत कार्यक्रम गर्न पाउने अवसर पाएकी छन् । उनी छिमेकी देश भारत, दोहा कतार लगायत देशमा समेत उनले स्टेज कार्यक्रममा सहभागिता जनाएकी छन् । प्रिती पासवानले टिकटक, सामाजिक संजाल लगायत अन्य माध्यमबाट आफ्नो नृत्य कलालाई प्रदर्शन गरि चर्चामा आएकी छन् । अहिले स्टेज शो कार्यक्रमले घरमा बुवाआमासँग केही समय बिताउन नसकेको बताइन् ।

त्यस्तै गायिका विमता घर्ती मगर र थारु गायक नरेश जोगीले पनि आफ्ना चर्चित गितहरु मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । त्यस्तै भोली अन्तिम दिन माघ २७ गते आइतवार चर्चित गायिका रचना रिमाल, उद्घोषक सुबास परियार लगायका कलाकारहरु आउने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । माघ १० गते देखि २७ गते सम्म सञ्चालन हुने महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ ।

कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे