भूमि समस्या छिट्टै समाधान गर्छाैं, ३ वर्ष कुर्न पर्दैन : केन्द्रीय अध्यक्ष रिजाल



भूमि समस्या छिट्टै समाधान गर्छाैं, ३ वर्ष कुर्न पर्दैन : केन्द्रीय अध्यक्ष रिजाल

भालुवाङ १३ माघ । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि प्रसाद रिजालले भुमि समस्या छिट्टै समाधान गर्ने बताएका छन् । ३ वर्षे कार्यकाल भएपनि भूमि समस्या समाधान गर्न ३ वर्ष कुर्न नपर्ने उनले बताएका छन् ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ ले सोमबार भालुवाङमा आयोजना गरेको भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै रिजालले सो कुरा बताएका हुन् । अध्यक्ष रिजालले वन क्षेत्रमा वर्षाै देखि बसोबास गर्दै आएको बस्तीलाई सरकारले आफ्नो स्वामित्वमा ल्याएर कानुन अनुसार लालपुर्जा वितरण गरिने बताएका छन् । वडा अध्यक्ष गेमे खड्काको अध्यक्षता एवम् भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी भएका नागरिकहरूले यो आयोगले भूमि समस्या समाधान गर्नेमा आशावादी भएको बताएका छन् ।

कार्यक्रममा आयोगका विज्ञ सदस्य जगत बस्नेत, केन्द्रीय सदस्य अनिल कृष्ण प्रसाईं, आयोगका दाङ जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, समाजसेवी तथा बुद्धिजीवीहरू जगत पोख्रेल, नारायण शर्मा, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चाैधरी लगायतका वक्ताहरूले बाृ । वडा सदस्य पार्वती सुवेदीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा प्राविधिक शरद पुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे