लमही महोत्सवको आज दोस्रो दिन : गायक हेमन्त शर्मा र कृष्ण रेउले दर्शक नाचे
लमही ११ माघ । दाङको लमहीमा सञ्चालित सातौं देउखुरी कृषि पर्यटन तथा व्यापारिक महोत्सव २०८१ को आज दोस्रो दिन देखि महोत्सवमा रौनकता थपिन थालेकोे छ ।देउखुरी उद्योग वाणिज्य संघ लमहीको आयोजनामा लमही स्थित अजम्बरी सामुदायिक वनको जैविक विविधता ग्रिन पार्कमा सञ्चालित महोत्सवमा शुक्रवार चर्चित गायक हेमन्त शर्मा र कृष्ण रेउलले दर्शकहरुलाई आ–आफ्नो प्रस्तुती मार्फत भरपुर्ण मनोरञ्जन प्रदान गरेका छन् । प्रमुख कलाकारको रुपमा स्टेज चढेका शर्माले आफ्ना थुप्रै गीतको माध्यमबाट दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका छन् । गायक शर्माले ‘माया त यस्तो होस…’, ‘थाप न थाप हातैमा…’, ‘जाले रुमाल…’, ‘मुल हौ भने रसाइदेउ…’, ‘आउँदै गर मालती…’, ‘बदनामै हुन्छु तिम्रो नाउँमा…’ लगायतका गीतहरू गाउँदा कार्यक्रम अवलोकनमा आएका दर्शकहरुले हुटिङ गर्दै नाचेका थिए । गित गाउँदा कार्यक्रम अवलोकनमा आएका दर्शकहरुले हुटिङ गर्दै नाचेका थिए । त्यस्तै गायक कृष्ण रेउलेले पनि आफ्ना चर्चित गितहरु आज गाउँमा बिजुली चम्कियो, गाउँमा हल्ला चल्यो, भिरमा नजाउ जाक्केर मरौली, दिलको ढोका खुल्ला छ लगायतका गीत गाउँदा दर्शकहरुले नाचेर साथ दिएका थिए । कार्यक्रमको बीच बीचमा उद्घोषकद्धय अनुप बुढा र दिपक बर्माले पनि आ–आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए । भने स्थानीय कलाकारहरूले पनि आ–आफ्नो प्रस्तुति मार्फत दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।त्यस्तै भोली माघ १२ गते शनिवार नायक पल शाह, गायिका सिर्जना खत्री, गायक, मोडेल तथा उद्घोषक विजय पुन, मोडेल नारायणी खत्री लगायका कलाकारहरु आउने कलाकार संयोजक शिवु खनालले जानकारी दिएका छन् । माघ १० गते देखि २७ गते सम्म सञ्चालन हुने महोसत्सवबाट संकलित रकमले आइसियु सहितको एम्बुलेन्स खरिद गर्ने, अजम्मरी सामुदायिक वन उपभोक्त समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कलाई व्यवस्थापनमा सहयोग गर्ने उद्देश्य राखिएको छ । कला साधक र सर्जक देशका अमूल्य निधि भएको उल्लेख गर्दै महोत्सवमा स्थानीय कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।
महोत्सवमा ३ सय वटा स्टल मध्य २ सय ५० वटा स्थानिय व्यापारी र ५० वटा कृषि क्षेत्रको लागि निर्धारण गरिएको छ । यस्तै महोत्सवमा प्रवेश शुल्क १ सय, विद्यार्थीलाई ८० रुपैँया कायम गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फरक फरक समुदायका फरक फरक मौलिक सांस्कृतिक झलकहरु महोत्सवमा हुने छ ।