राप्तीमा प्रहरीको सक्रियता : सडक दुर्घटना न्यूनीकरण गर्न हस्ताक्षर अभियान



राप्तीमा प्रहरीको सक्रियता : सडक दुर्घटना न्यूनीकरण गर्न हस्ताक्षर अभियान

भालुवाङ २९ पुस । इलाका प्रहरी कार्यालय भालुवाङ र अस्थायी ट्राफिक पोष्टले यात्रु तथा चालकहरुलाई मध्यनजर गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न हस्ताक्षर सहितको प्रतिवद्धता अभियान संचालन गरेको छ ।

“म सवारी चालक, दुर्घटना न्यूनीकरणमा मेरो जिम्मेवारी”, “हाम्रो सडक मेरो सवारी, ट्राफिक नियम पालना मेरो जिम्मेवारी” र “म सवार यात्री, दुर्घटना न्यूनीकरण मेरो जिम्मेवारी” भन्ने मुल नाराका साथ हस्ताक्षर अभियान सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक अमरबहादुर माझीले बताएका छन् । स्थानिय, जनप्रतिनीधि, संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधीहरु, समाजसेवी बुद्धिजिवीहरु, सवारी चालकहरु, सडक प्रयोगकर्ताहरु र स्थानीय व्यवसायीहरु समेतको सहभागितामा सडक दुर्घटना न्युनीकरणको लागि प्रहरीले दाङको भालुवाङ देखि सिंगेखोला सम्मको आफ्नो क्षेत्रमा सो हस्ताक्षर अभियान संचालन गरेको हो ।

सवारी चालकहरुले गन्तव्य सम्म पुग्न सवारी गति तीब्र बनाउने भएका कारण दुर्घटना बढी हुन सक्ने भएकाले सवारी दुर्घटनामा कमी ल्याउन, यात्रुहरुलाई गन्तव्य सम्म सुरक्षित पु¥याउन, ट्राफिक नियमको पालना गराउन कार्यक्रमहरु संचालनमा ल्याएको छ । दुर्घटना न्युनीकरणको लागि यस्ता कार्यक्रमहरु राखी रहेपनि यस पटक भने हस्ताक्षर व्यानर राखेर गाडीका चालक, यात्रु, सर्वसाधारण, शिक्षक, विद्यार्थीलाई समेत हस्ताक्षर गर्न लगाईएको इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक अमर बहादुर माझीले बताए । अभियान निरन्तर रुपमा संचालन हुने पनि माझीले बताएका छन् ।

आफु नियन्त्रित भए मात्र सवारी साधनलाई नियन्त्रणमा लिन सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रम संचालन गरेको उनले बताए । सोमवार राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ र वडा नम्बर २ को लालमटिया बजार क्षेत्रमा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । सोमवार मात्रै ५ सय ९ जनाले हस्ताक्षर गरेका थिए ।सोही क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम १५ किलो मिटर सडकखण्डमा परीक्षणका लागि टाइम कार्ड समेत लागू गरिएको छ । यो क्षेत्रमा प्रतिघण्टा ४० किलोमिटरको गतिमा मात्र सवारी साधन चलाउन मिल्ने गरी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे