दंगाली गायक अमर दर्लामी मगरको ‘वृन्दना’ नामक लोक गीत सार्वजनिक (भिडियाे सहित)
देउखुरी २६ पुस । दंगाली गायक, सर्जक तथा संगितकार अमर दर्लामी मगरले ’वृन्दना’ नामक लोक गीत बजारमा ल्याएका छन् । नितान्तै मौलिक रुपमा बनेको सो गितले विशेषगरी मध्यपश्चिम क्षेत्रको सांगेतिक रसलाई उत्कृष्ट तरिकाले उतार्ने प्रयास गरेको छ । बिहिबार दिउँसो बिन्दवासिनी म्युजिक युट्युब च्यानल मार्फत सो गीत सार्वजनिक भएको हो । सो गीतमा लोकप्रीय गायिका मेलिना राई र प्युठानी उदायमान गायक बिनोद परियारले आवाज भरेका छन् भने शब्द तथा संगित अमर दर्लामी मगरकै रहेको छ । उत्कृष्ट शब्द चयन, मिठो लय तथा खड्क बुढा मगर र केशब राना मगरको जोर मादलले गितलाई झन सुन्दर बनाएको छ । स्मृती तिमिल्सिना “गुरुआमा” द्वारा निर्देशित, बद्री प्रसाद तिवारी तथा ज्योती खड्काद्वारा अभिनित यस गीत नाच्न, झुम्न र शाब्दिक अर्थ बुझ्न रुची राख्ने दर्शक श्रोताहरुका लागि उपहारको रुपमा सावित भएको मगरले बताएका छन् । मायाप्रेमका सन्दर्भ समेत थपिएको यस गितले लोक गितमा रुची राख्ने दर्शक श्रोताहरुको मन जित्ने कुरामा दुई मत छैन” मगरले थपे।
काठमाडौमा रहेर नेपाली गीत संगित क्षेत्रमा निरन्तर संघर्ष गरिरहेका २८ वर्षीय अमर दर्लामी मगर दाङ गढवा गाउँपालिका–१ कालाकाटेमा जन्मिएका हुन् । सामान्य परिवारमा जन्मिएका मगरले गीत संगितकैै लागि काठमाडौंमा रातमा दोहोरी साँझ अनि दिनमा सच्चाइमा काम गर्ने गर्छन् । लामो समय सम्म कालाकाटे स्थित प्रतिष्ठा एकेडेमी बोर्डिङ स्कुलमा अध्यापन गराएका मगर संगितमा घोत्लिन पाए सबैथोक बिर्सने उनी नेपाली गित संगित क्षेत्रलाई महत्वपुर्ण योगदान गर्ने अठोट लिएका छन् ।गीतका शब्द लेख्न र लय भर्न खास रुची राख्ने उनले कक्षामा पढाउँदै गर्दा पनि गीत लेख्ने र बनाउने गर्थे । सबै सँग मिल्न मन पराउने उनी मिलनसार र सरल स्वभावका छन् । उदायमान कलाकारका रुपमा छाएका मगरका यसअघि पनि धेरै गितहरु सार्वजनिक भएका छन् भने केही गीतहरु मिलियन क्लव भ्युजका साथै ट्रेन्डिङमा पनि परेका छन् । मुनामदन, मुग्लान, रगत नशा, मरे नि म त लौ आदि बोलका गीतहरु बजारमा आइसकेका छन् भने कसमै, वार्दलीमा बतासी, धजा बरमा, तारा खसेको जस्ता गीतहरु क्रमश रिलिज हुने क्रममा छन् ।