लमहीमा शिक्षक संगठनको क्षेत्रीय अधिवेशन सम्पन्न : अध्यक्षमा कृष्ण केसी चयन



लमहीमा शिक्षक संगठनको क्षेत्रीय अधिवेशन सम्पन्न : अध्यक्षमा कृष्ण केसी चयन

देउखुरी २१ पुस । नेपाल राष्ट्रिय शिक्षक संगठन देउखुरी क्षेत्र नंं. १ को अधिवेशन शनिवार लमहीमा सम्पन्न भएको छ ।

अध्यक्ष ज्ञानहरी रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष भागवत पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य तथा लमही नगरका पूर्व मेयर कुलबहादुर केसी, केन्द्रिय प्रतिनिधि दामोदर बस्नेत, एमालेका प्रदेश सदस्य सुरामणि बेल्वासे, क्षेत्रीय इन्चार्ज सहजराम यादव, शिक्षक संगठन लुम्बिनी प्रदेश सदस्य रामसुरत यादव लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए । अधिवेशनले कृष्ण केसीको अध्यक्षतामा देउखुरी क्षेत्र नं. १ को समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा रेक्ष्मा कुमारी योगी, सचिवमा शेर बहादुरर डाँगी र सदस्यहरुमा बासुदेव पाण्डेय, लोकेन्द्र केसी, नागेन्द्र यादव, दिलबहादुर शाही र दिल कुमारी घर्तिलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे