तुलसीपुरमा मेला महोत्सव लगाउन २५ लाख राजश्व बुझाउनुपर्ने
दाङ १९ पुस । तुलसीपुरमा मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाउनुपर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आज बसको २८औं कार्यपालिका बैठकले तुलसीपुरमा मेला लगाउनका लागि २५ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने निर्णय गरेको हो ।
मेला महोत्सव लगाउनका लागि तुलसीपुर उपमहानगरपालिकाले यसअघि एक लाख राजश्व लिने गरेको थियो । तर पछिल्लो पटक महोत्सव संचालनका लागि नगरले लिने राजश्वमा ह्वात्तै बढाएको हो । कार्यपालिकाको बैठकले २५ लाख रुपैयाँ राजश्व लिएर तुलसीपुर चेम्बर अफ कमर्शलाई मेला लगाउन दिने निर्णय गरेको नगरका प्रवक्ता माधव वलीले बताउनुभयो । उहाँका अनुसार २८ औं कार्यपालिका बैठकले १६ औं नगरसभाको हिउदे अधिबेसन माग २१ गतेदेखी सुरु गर्ने र माघको अन्तिमसम्ममा मेयरकप संचालन गर्ने लगाएतका निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्