बालगायक सचिन परियारकाे निधन : प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली



बालगायक सचिन परियारकाे निधन : प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जली

काठमाण्डाै १८ पुस । बालगायक सचिन परियारको निधन भएको छ । गुल्मी घर भएका परियारको बिहिवार महाराजगञ्जको शिक्षण अस्पतालमा निधन भएको सचिनका बुबा तेजेन्द्र परियारले जानकारी दिएका छन् ।

१३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । अस्पतालले निमाेनियाकाे कारण सचिनकाे ज्यान गएकाे जनाएकाे छ । गाउँले शैलीमा बोल्ने र गीत गाउने सचिन विशेष गरेर सामाजिक सञ्जालमा निकै लोकप्रिय थिए । उनले केही म्युजिक भिडियो र टेलिशृङ्खलामा अभिनयसमेत गरेका थिए । उनले ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘वरको छायाले’ जस्ता गीत गाएका थिए ।  गुल्मीबाट पढाउन भनेर विभिन्न सङ्घ–संस्थाले सचिनलाई काठमाण्डौ ल्याएका थिए । उनको पढाइ र उपचारका लागि भनेर लाखौं रुपैयाँ उठेको थियो । तर त्यो पैसा सचिनको पढाइ  र उपचारमा नभई परिवारले फजुल खर्च गरेको भन्दै आलोचना पनि भएको थियो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले आज निधन भएका बालगायक सचिन परियारलाई श्रद्धाञ्जली दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओलीले परियारको निधन भएको खबरले धेरै दुःखी भएको बताएका छन् । उनले एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएकाे यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे