सिसहनियाँ सु–समाचार मण्डलीले मनायो क्रिसमस डे
सिसहनियाँ १० पुस । सिसहनियाँ सु–समाचार मण्डली राप्ती गाउँपालिका–७ अर्नहनपुरले बुधबार क्रिसमस डे तथा अंग्रेजी वर्ष २०२५ कार्यक्रम मनाएको छ ।
मण्डलीका पास्टर निशु प्रसाद चौधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि थारूले क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्रका रूपमा व्याख्या गरे । उनले भने, “संविधानले प्रत्येक नागरिकलाई आफ्नो आस्थाअनुसार धर्म अवलम्बन र अभ्यास गर्ने मौलिक हक प्रदान गरेको छ ।
राज्यको धर्मनिरपेक्ष नीतिले विभिन्न जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदाय बीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याएको छ । हामी सबैले राष्ट्रिय एकता प्रवर्द्धन गर्ने साझा जिम्मेवारी पूरा गर्न क्रिसमसजस्ता पर्वले प्रेरणा दिन्छन् ।” त्यस्तै उनले सामाज परिवर्तनका लागि राम्रो काम गरेमात्र यशु बन्न सकिने बताएका छन् । उनले सवै मानवहरूलाई आफुबाट सुध्रिएर सकरात्मक काम गर्न आग्रह गरेका छन् । उनले धर्मको नाममा जसरी इजराइल र प्यालेस्टाइन बीच युद्व भइरहेको छ । त्यस्तो कार्य नगर्न सुझाव दिदै धर्मको नाममा कसैले पनि शासन गर्न नपाउने बताउँदै सवै धर्मलाई समान तरिकाले लिनुपर्ने बताएका छन् ।
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानव भएर जन्मिनु ठुलो कुरा नभई मानव मुक्तिका लागि गरिने कर्म महत्वपुर्ण हुने बताएका छन् । उनले नेपाली समाजमा धार्मिक सहिष्णुता र साझा संस्कृतिको महत्व झल्काउने पर्वका रूपमा क्रिसमसको चर्चा गर्दै इसाई समुदायलाई सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रवक्ता एवं वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्य सावित्री चौधरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य ओमप्रकाश गुप्ता, देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवर मगर, समाजसेवी बुद्धिजीवी सुरेश चौधरी र इसाई धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यक्रम बालबालिकाहरूलाई शैक्षिक सामाग्री, जेष्ठ नागरिकहरूलाई सम्मान र एईईमा उत्कृष्ट अंक ल्याउने २ विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति तथा नाटक समेत देखाइएको थियो । जोसेफ चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन गरिवु चौधरीले गरेका थिए ।