सर्वोदय माविका १४ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण



सर्वोदय माविका १४ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

सिसहनियाँ ९ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको सर्वोदय माध्यमिक विद्यालयका १५ जना विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताको पहलमा क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपाल संस्थाले मंगलबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो । जाडो मौसमका समयमा न्यानो लुगा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक उपलब्धिको स्तरलाई उकास्न समस्या भएकाले प्रधानाध्यापक गुप्ताको पहलमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको रोहवरमा सिपी नेपालले ती १४ जना विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेको हो ।

जस अनुसार कक्षा १ का ३ जना, कक्षा २ का २ जना, कक्षा ३ का ३ जना, कक्षा ४ का २ जना, कक्षा ८ का २ जना, कक्षा ९ का १ जना र कक्षा १० का १ जना गरि १४ जना विद्यार्थीहरूलाई न्यानो कपडा स्वरुप एक एक जोड हुड र सुरुवाल, शैक्षिक सामाग्रीमा कापी, पेन्सिल, इलेजर र कलम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक गुप्ताले जानकारी दिएका छन् । विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता र वडा नम्बर १ का वडा अध्यक्ष गेमे खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रामकृष्ण पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे