लुम्बिनी प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्यहरुको शपथ
देउखुरी ८ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश खेलकुद परिषदका अध्यक्ष चेतनारायण आचार्यले प्रदेश खेलकुद परिषदका नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् ।
सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न परिषद्को पूर्ण बैठकमा नव नियुक्त सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । खेलकुद परिषदका सदस्यहरु लेखनाग खनाल, बलबहादुर केसी, मुक्तिप्रसाद न्यौपाने, गोपिकृष्ण शर्मा, हरिबहादुर थापा, लालबहादुर घर्तीमगर, महेश काउछा, राजु महर्जन, कोशिष बहादुर खड्का, विकास घिमिरे, दिपेन्द्रकुमार डाँगी, जंगबहादुर मल्ल, कैलाशकुमार रोका, कपना आचार्य, दिपक खनाल, प्रकाश आर रानाले शपथ ग्रहण गरे ।
यस्तै बैठकले ४ वटा कार्यविधि र एउटा निर्देशिका पारत गरेको खेलकुद परिषद्का सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिए । ‘प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । नव नियुक्त सदस्यहरुको शपथ भएको छ’उनले भने,‘बैठकले कार्यविधि र निर्देशिका पारित समेत गरेको छ ।’