दाङको बंगलाचुली गाउँपालिकामा न्यानो कपडा बैङ्क स्थापना
कमिरेचौर २६ मंसिर । दाङको बंगलाचुली ३ कमिरेचौरमा चिसो मौसममा न्यानो कपडा सहयोग गरौ पुन्य कमाओै भन्ने उदेश्य सहित न्यानो कपडा बैङ्क स्थापना भएको छ । बंगलाचुली वातावरण तथम दिगो विकास संरक्षण समितिकको आयोजनामा आज एक कार्यक्रम गरि कपडा बैङ्कको सथापना गरिएको हो ।
समितिका अध्यक्ष सुशील परियारको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि आज कमिरेचौरमा स्थापना गरिएको हो । सो बैङ्कमा गरिब असहाय विपन्न परिवारका बालबालिका तथा वृद्ध वृद्धाहरुलाई निशुल्क कपडा उपलब्ध गराइने समितिका अध्यक्ष सुशील परियारले जानकारी दिए ।
बंगलाचुली गाउँपालिका वडाहरु लगायत विभिन्न संघ संस्थाको सहयोगमा सो बैङ्कमा कपडा जम्मा गरिएको छ । साथै गाउँघरमा त्यस्तो कुनै व्यक्ति भएमा सम्पर्क गर्न अनुरोध गरिएको छ । जसको लागि अध्यक्ष सुशील परियार ९८५७८५५४८६ मा सम्पर्क गर्न सकिने बताइएको छ ।
कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी र वडा नम्बर ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा लगायत कमिरेचौरका स्थानीयहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण सचिव हिरा पुनमगरले गरेका थिए ।