डिआइटी विषयको पाँचौ सेमेष्टरमा आदर्श नमुना माविले नेपालकै सर्वोकष्ट नतिजा ल्यायाे



डिआइटी विषयको पाँचौ सेमेष्टरमा आदर्श नमुना माविले नेपालकै सर्वोकष्ट नतिजा ल्यायाे

भालुवाङ २५ मंसिर । दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयले डिप्लोमा इन्फर्मेसन टेक्नोलोजी (३ वर्षे सुचना प्रविधिको पाँचौ सेमेष्टरमा) नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

सिटिईभिटीबाट सम्बन्धन प्राप्त विद्यालयले सो विषय तर्फ पाँचौं सेमेष्टरमा सम्मिलित नियमित तर्फ कुल २९ जना विद्यार्थी मध्ये शत प्रतिशत विद्यार्थी उत्तिर्ण गराई नेपालकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका डिआइटी इन्चार्ज तथा सहायक प्रधानाध्यापक यादव आचार्यले दावी गरेका छन् ।

विद्यालयले सो नतिजा ल्याउन सफल भएको भन्दै विद्यालय प्रशासनले वर्तमान तथा निवर्तमान प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ एवम् पुर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वर्तमान एवम् पुर्व शिक्षक, राप्ती गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समिति, शिक्षा शाखा प्रमुख, भौतिक निर्माण शाखा प्रमुख, मेहनती बिद्यार्थीहरु, परिश्रमी प्रशिक्षकहरु, सुचना प्रविधि विभाग प्रमुख लगायतलाई विद्यालय प्रशासनले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे