पत्रकार महासंघ लुम्बिनी प्रदेशमा मनाेनयन दर्ता : अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी
दाङ २४ मंसिर । नेपाल पत्रकार महासंघको यहि मंसिर २८ गते हुने निर्वाचनका लागि लुम्बिनी प्रदेशमा साेमवार मनोनयन दर्ता भएको छ । महासंघको लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि अर्घाखाँची शितगंगा नगरपालिका-८ सातमारामा मनोनयन दर्ता भएको हो ।
महासंघ लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय गठबन्धन अनुसार प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेदवारका रुपमा शुक्रऋषी चौलागाईले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रेस सेन्टरका तर्फबाट मानसिंह विश्वकर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदका लागि रुद्र सुवेदी र नरेन्द्र थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् । सुवेदी प्रेस चौतारीका हुन् भने थापा प्रेस युनियनका हुन् । यस्तै उपाध्यक्ष पदका लागि आशिष कुमार गुप्ता, जुमानसिंह केसी, रामप्रसाद आचार्य, उपाध्यक्ष महिला पदका लागि मीना ढकाल र मेनका चौधरीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले जानकारी दिएका छन् ।
यस्तै महासचिवमा डा. डक्टप्रसाद धिताल, पाण्डवप्रसाद शर्मा, राजु खराल सचिव पदका लागि गोविन्दप्रसाद शर्मा, शंकर प्रसाद पाण्डे, समावेशी सचिव पदका लागि गजेन्द्र गुरुङ, चिन्ताबहादुर दर्जी र सरला सुवेदीको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि दिपेश पराई विष्ट र प्रेमनारायण आचार्यको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् ।
खुला सदस्यमा तेजेन्द्र केसी, दिपक बोहरा, निर्मल आचार्य, पदम गैरे, प्यार अलि खाँ, बसन्त बञ्जाडे, बिजय केसी, मेहरसिंह केसी, शिव डुम्रे, हिमबहादुर घर्ती क्षेत्री महिला सदस्यहरुमा अनिता तिरुवा विक, सविता चौधरी, सरिता चौधरी थारु, सीता पाण्डे, सुनसरी बुढाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् । दलित सदस्यहरमा दलबहादुर सुनार, लोकेन्द्र सुनार, आदीबासी जनजाती सदस्य पदका लागि किरणमान बज्राचार्य, गोरखप्रसाद थारु, दिलबहादुर गाहा र लिलाराज बुढामगरको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् । भने मधेशी सदस्यहरुमा ओमप्रकाश गुप्ता, देवबहादुर यादव र राजेश कुम्री चौधरी तथा अल्पसंख्यक सदस्यहरुमा महमद आलम खान र रविन्द्र यादवको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिएका छन् । निर्वाचनका लागि गठित निर्वाचन समितिले साेमवार नै नामावली प्रकाशन गरेको छ भने अन्तिम नामावली प्रकाशन भोलि बिहान १० बजेपछि गर्ने छ ।