दाङकाे घोराहीमा संस्कार भवन निर्माणका लागि विकासनगर टोलको सक्रियता
घोराही २१ मंसिर । दाङकाे घोराही उपमहानगरपालिका वडा नं १५ मा संस्कार भवन निर्माण निर्माण हुने भएको छ । घोराही उप-महानगरपालिका-१५, दाङमा रहेको विकासनगर टोल विकास संस्थाको सक्रियतामा संस्कार भवन निर्माण हुने भएको हो ।
विकासनगर टोलकै कार्यालय भवनको दक्षिणतर्फ रहेको वरपिपलको बोट छेउमा रहेको खाली जग्गामा संस्कार भवन निर्माण गर्ने अभियानका साथ विकासनगर टोल विकास संस्थाले जनप्रतिभा टोल विकास संस्था संग संयुक्त बैठक बसेको हो ।
विभिन्न नमुना काम गरीसकेको विकास नगर टोल बिकास संस्थाले सामाजिक काम अन्तर्गत संस्कार भवन निर्माण गर्ने तयारी गरेको संस्थाका अध्यक्ष बेचन वलीले जानकारी दिए ।
संस्कार भवन निर्माणका लागि बसेको बैठकले भवन निर्माण तथा आर्थिक संकलनको बिषयमा निर्णय समेत गरेको छ । जनप्रतिभा टोल बिकास संस्थाका अध्यक्ष रेखा केसी तथा अन्य प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।
विकासनगर टोल विकास संस्थाका अध्यक्ष बेचन वलीको अध्यक्षता तथा स्थानिय तथा जेष्ठ नागरीक बासुदेब वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्कार भवन निर्माणका लागि ७ सदस्य कार्यसमिति गठन गरेको छ ।
जसको संयोजकमा विकासनगर टोल विकास संस्थाका पुर्व अध्यक्ष घनश्याम गिरी रहेका छन् भने सचिवमा जनप्रतिभा टोलका पूर्व सचिव भिउसन गौतम कोषाध्यक्षमा सुनिता वली रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा जनप्रतिभा टोलबाट सनम केसी, बुद्धिकला शर्मा यसैगरी विकासनगर टोलबाट समन वली र श्रृजना शाही रहेका छन् । यस्तै बैठकले संस्कार भवन निर्माणका लागि जनप्रतिभा र विकासनगर टोलका स्थानीयहरुले न्युनतम पाँच सय रुपैयाँ नगद सहयोग गर्ने निर्णय पनि गरेको छ ।