अभियान बचत तथा ऋण सहकारी संस्थाकाे साताैँ साधारणसभा देउखुरीकाे गाेबरडिहामा सम्पन्न



अभियान बचत तथा ऋण सहकारी संस्थाकाे साताैँ साधारणसभा देउखुरीकाे गाेबरडिहामा सम्पन्न
देउखुरी १६ मंसिर । गढवा गाउँपालिका-३, गाेबरडिहा स्थित अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड गाेबरडिहाकाे साताैँ बार्षिक साधारणसभा शनिबार आफ्नै कार्यालय परिसर गाेबरडिहामा सम्पन्न भएकाे छ । साधारणसभाकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सांसद इन्द्राजित थारुले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी बिदेश पलायन हुने युवालाई स्वदेशमा नै स्वरोजगारी दिने जस्तो योजना बनाउनु पर्नेमा जोड दिएका छन् ।  उनले सहकारीको दिगो ब्यबस्थापनको बिषयमा  गम्भीर छलफल आवश्यक रहेकाे बताउनुभयाे । उहाँले  अब सहकारी संस्थाले स्थानीय कच्चा पदार्थको पहिचान गरेर लघुउद्धम प्रबर्धन  गर्नुपर्नेमा समेत जाेड दिएका छन्  ।
संस्थाका अध्यक्ष कुलराज कुमालको अध्यक्षता एवम् लुम्बिनी प्रदेशसभाका सदस्य तथा पूर्व मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिकाका निबर्तमान अध्यक्ष सहजराम यादवको बिशिष्ट आतिथ्यतामा भएकाे साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै सहजराम यादवले सहकारी संस्थाहरू उत्पादन र राेजगारीमुखी कार्यक्रम तर्फ ध्यान दिन आग्रह गरे । उनले सहकारी संस्थाहरू भित्र देखिएका बेथिति राेक्न सहकारीकर्मीहरू सचेत हुन पनि सुझाब दिए ।
संस्थाका उपाध्यक्ष  देवकिशोर चौधरी स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष कुलराज कुमालले संस्थाको संस्थागत प्रतिबेदन, आन्तरिक लेखा समितीका संयोजक दिपककुमार चौधरीले आन्तरिक लेखा परिक्षण प्रतिबेदन र ब्यबस्थापक अरुणकुमार चौधरीले रू २० करोड ४३ लाख ६ हजार ३० रुपैयाँ बराबरको आय-ब्यय सहितकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभा उद्घाटन कार्यक्रममा गढवा गाउपालिकाका रोजगार तथा सहकारी शाखाका संयोजक अशोक कुमार यादव, साना किसान तथा कृषि सहकारी संस्थाका अध्यक्ष रामदास यादव, साेही सहकारी संस्थाका संस्थापक अध्यक्ष पदमप्रसाद शर्मा, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादव, गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक, गोबर्डिहा प्रहरी चाैकी इन्चार्ज नेत्रबहादुर कार्की र सहकारीकर्मी सुशिला चौधरी लगायतका बक्ताले सहकारीको दिगो ब्यबस्थापन र सफलताको शुभकामना सहितकाे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका भगवती चौधरीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे