लेखान्त भुसालकाे हास्य टेलिसिरियल ‘गजब छ बा’ भाेली देखि प्रसारणमा आउँदै



लेखान्त भुसालकाे हास्य टेलिसिरियल ‘गजब छ बा’ भाेली देखि प्रसारणमा आउँदै

काठमाडौं, १३  मङ्सिर । हास्य टेलिसिरियल ‘गजब छ बा’ प्रसारणमा आउन लागेकाे छ ।

भाेली शनिबार साँझ ७:१५ बजे ‘लेखान्त अफिसियल’ युट्युब च्यानलबाट प्रसारणमा आउने निर्देशक तथा लेखक लेखान्त भुसालले जानकारी दिएका छन् । सिरियलमा रामचन्द्र अधिकारी ‘काजी बा’, सविता गुरूङ (ठूली), धर्मराज भट्टराई, मुकुन्द मैनाली, विनम कंडेल, लेखान्त भुसाल, सबिना आचार्य, रमेश बुढामगर, सबिन घिमिरे, बलराम घतानी, अनिल घर्ती, किशनबाबु बस्नेत लगायत कलाकारहरूलाई देख्न पाइनेछ ।

कमेडी सिरियलको रुपमा ‘गजब छ बा’ को निर्माण गरिएपनि प्रत्येक भागले जनचेतनामूलक सन्देश प्रवाह गर्ने निर्देशक भुसालले बताए । सिरियलमा कथाको पाटो पनि अब्बल भएको र चर्चित कलाकारहरुको अभिनयले गर्दा दर्शकहरुको मन जित्न सकिने उनको भनाई छ । सिरियलमा शिव विकको छायांकन, सन्दीप चौधरीको सम्पादन रहेनछ । शब्द, संगीत, गायनको काम विनय कार्कीले गरेका छन् ।

निर्देशक लेखान्त भुसालसंगै रमेश बाबु मगरको निर्देशन रहेको सामाजिक यथार्थको घटनामा आधारित सिरियल ‘भावीको लेखान्त’ ईमेज च्यानलबाट हरेक शुक्रबार राति ८ बजे नियमित प्रसारण भईरहेको छ ।

टेलिसिरियलकाे केहि अंश

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे