गढवामा निजी विद्यालयहरुको पालिका स्तरीय खेलकुद सुरु
गढवा १३ मंसिर । गढवा गाउँपालिका स्तरीय निजी विद्यालयहरुको अन्तर पालिका स्तरीय खेलकुद बिहिवार देखि जनता मावि गढवाको खेल मैदानमा सुरु भएको छ ।
एक कार्यक्रमका बिच पालिका स्तरीय खेलकुद कार्यक्रमको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पाेख्रेलले उद्घाटन गरेका हुन् । गढवा गाउँपालिका स्तरीय निजी विद्यालयहरुको संस्थाका अध्यक्ष विकास रजौरेको अध्यक्षतामा भएको गाउँपालिका अध्यक्ष अध्यक्ष पाेख्रेलले विद्यार्थीहरुलाई फूटवल प्रदान गरि उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पोख्रेलले खेल बिद्यार्थीहरुको मानसिक र स्वास्थ्यको बिकास गर्ने एक बलियो माध्यम भएको बताए । स्वास्थ्य समृद्धिको आधार नै खेल हो, नागरिकहरु खेलकुदको माध्यमबाट स्वस्थ्य भएभने मात्रै समृद्ध र समुन्नत राष्टको निर्माण हुन्छ–उनले भने । कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष बिरबहादुर आलेमगर, नागरिक समाज गढवाका संयोजक खगेश्वर शर्मा, गढवा खानेपानी संस्थाका उपाध्यक्ष लिलाध।र आचार्य, लायन्स क्लव अफ गढवाका अध्यक्ष उमाकान्त पन्त, बुद्धज्योति आवासीय माध्यमिक बिद्यालयका प्रिन्सीपल थानेश्वर न्यौपाने र नेपाल ईग्लीस बोर्डिङ गोबरडिहाका प्रिन्सीपल निर्मल रावत लगायतले बोल्नु बाेलेका थिए ।
कार्यतालिका अनुसार १३ वटा बिद्यालयहरु बिच माबि तहको क्रिकेट प्रतियोगिता हुने भएको छ भने आधारभूत तहको फूटवल प्रतियोगिता तथा प्रबि तहमा छात्र–छात्राहरु बिच १०० मिटर दौड, हिसाब दौड र चित्रकला प्रतियोगिता आयोजना गरिएको खेल संयोजक मुवारक अलीले जानकारी दिए । शिक्षक दिपक कुमार यादवको स्वागत मन्तब्यबाट सुरु भएको खेलकुद उद्घाटन शत्रको सञ्चालन वाल संसार एकेडमी गढवाका प्रिन्सीपल माधव शर्मा पण्डितले गरेका थिए । खेलकुद ३ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।