राप्तीमा एकै पटक मावि र आधारभुत तहका १ सय ३८ शिक्षकको दरबन्दी मिलान



राप्तीमा एकै पटक मावि र आधारभुत तहका १ सय ३८ शिक्षकको दरबन्दी मिलान

भालुवाङ ४ असोज । दाङको राप्ती गाउँपालिकाले माध्यमिक र आधारभुत तहका १ सय ३८ जना शिक्षकको दरबन्दी मिलान गरेको छ ।
शिक्षक दरबन्दी तथा अनुदानको समानुपातिक वितरण गरी सवै माध्यमिक तथा आधारभुत विद्यालयमा सम्बन्धीत तहको प्रधानाध्यापक व्यवस्थापन समेत हुने गरी दरबन्दी मिलान गरिएको राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

गाउँपालिकाले मावि तहमा कक्षा ९ देखि १० सम्म र आधारभुत तहमा कक्षा ६ देखि ८ सम्म अध्यापनरत शिक्षकहरको दरबन्दी मिलान गरिएको छ । जसमा मावि तर्फ ६१ जना र आधारभुत तर्फ ७७ जना शिक्षकको दरबन्दी मिलान गरिएको शाखा प्रमुख विकले बताएका छन् । जस अनुसार स्वीकृत दरबन्दीमा मावि र आधारभुत तह तर्फ १५÷१५ जना, रातह अनुदानमा मावि तर्फ १ जना र आधारभुत तह तर्फ ६ जना, शिक्षक सिकाई अनुदानमा मावि तर्फ ६ जना र आधारभुत तह तर्फ ४ जना शिक्षकको दरबन्दी मिलान गरिएको शाखा प्रमुख विकले बताएका छन् ।

यस्तै गाउँपालिका अनुदानमा मावि तर्फ ३९ जना र आधारभुत तह तर्फ ५२ जना शिक्षकको दरबन्दी मिलान गरिएको शाखा प्रमुख विकले बताएका छन् । दरबन्दी मिलान भए सँगै शिक्षकहरु आ–आफ्नो कार्यक्षेत्रमा जान थालेका छन् । लामो प्रयास पछि राप्ती गाउँपालिकाले पहिलो पटक शिक्षक दरबन्दी मिलान गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे