देउखुरीकाे लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलकुद प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा 



देउखुरीकाे लमहीमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलकुद प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा 

श्रवण बस्नेत, लमही ९ पुस ।

देउखुरीकाे लमहीमा यही पुसकाे ११ गतेदेखि १९ गते सम्म जारी रहने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलकुद प्रतियाेगिता तयारी अन्तिम चरणमा रहेकाे अायाेजकले जनाएको छ । जस अन्तरगत अहिले खेलमैदानकाे तयारी ९९ प्रतिशत पूरा भएको जनाएको हाे । नेपाल किर्केट संघ क्यानकाे अायाेजना तथा देउखुरी किर्केट क्लबकाे सहयाेगमा प्रतियाेगिता हुने भएको हाे ।

पुसकाे ११ गते देखि १९ गतेसम्म चल्ने खेलकुदमा बिभागिय टाेलि सहित कुल ८ टिमकाे सहभागी रहने भएको बताएको छ । प्रत्येक प्रदेशबाट १/१ टिम र बिभागिय टाेलि समेत गरी ८ टिम मैदानमा उत्रने भएको छन । याे खेलकुद संग संगै राष्ट्रिय स्तरकाे खेलकुद प्रतियाेगिता हुन थालेकाे दाेस्राे पटक हाे ।

झन्डै १ सय बढि त खेलाडी मात्रै सहभागी हुने छन भने दैनिक ४/५ हजार दर्शकहरु खेलमैदानमा उत्रिने अांकलन गरिएको छ । किन कि धेरै समयपछि महिलाहरु का बीचमा खेलकुद प्रतियाेगिता गरिन थालिएकाले पनि अझै दर्शकहरु बढ्ने देउखुरी किर्केट क्लबका अध्यक्ष शाेभाराम पौडेल जानकारी दिए ।

अन्तर्राष्ट्रिय खेलकुद मैदान लागि विश्व सामु चिनाउने मुख्य उदेश्यले साे प्रतियाेगिता हुन थालेको हाे । ९ दिन चल्ने खेलकुद प्रतियाृगिताकाे शनिबार एक भब्य समारोहका बीच लमही नपाका मेयर कुलबहादुर केसीले उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बिहान ठिक ११ वजे उदघाटन गरिने कार्यक्रम सहभागी जनाएर सहयाेग गरिदिन हुन सबै नगरबासी तथा अाम इच्छुक खेलप्रेमिहरुमा पनि अायाेजकले अाग्रह गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे