हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट



हरेक नागरिकमा आध्यात्मिक चिन्तनको विकास हुन आवश्यक छ : अध्यक्ष विष्ट

भालुवाङ १४ कार्तिक । ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती दाङको आयोजनामा बुधबार बधाई, स्वागत एवं स्नेह मिलन तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राप्ती गाउँपालिका-१ पाखापानीमा सम्पन्न भएको छ ।

ब्रह्रामा कुमारी ईश्वरीय विश्व विद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपाल शाखा राप्ती पाखापानीका अध्यक्ष यमुना दिदीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले रहेक नागरिकमा आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको बताएका छन् ।

अध्यक्ष विष्टले भाैतिक चिन्तनबादका कारण देशको देशमा ठुला ठुला आन्दोलन भएको उदाहरण दिदै अध्यक्ष विष्टले अब समाज तथा देशलाई सहि दिशामा लग्न पनि आध्यात्मिक चिन्तन हुन आवश्यक रहेको बताएका हुन् । नेेतृत्वतहमा आध्यात्मिक चिन्तन भयो भने हरेक चिजको परिवर्तन सम्भव रहेको बताए । अध्यक्ष विष्टले अहिले समाज अराजता तिर गईरहेको प्रति चिन्ता व्यक्त गर्दै अब सवैमा आध्यात्मिक चिन्तनको विकास गर्न सुझाव समेत दिएका छन् ।

साथै अध्यक्ष विष्टले शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नवनिर्वाचित राप्ती उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूलाई टीका, फूलमाला सहित बधाई तथा स्वागत गरिएको थियो । सो अवसरमा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रवक्ता माधव तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे