बेलायतबाट आएकाहरुको निःशुल्क पिसिआर गर्न नेपाल सरकारको निर्देशन



बेलायतबाट आएकाहरुको निःशुल्क पिसिआर गर्न नेपाल सरकारको निर्देशन

काठमाडौ ९ पुष । सरकारले बेलायतबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले बेलायतबाट पुस १ गतेदेखि ७ गते भित्र नेपालप्रवेश गरेकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

बेलायताहालै मात्र नयाँप्रजातीको कोरोनाभाइरस देखिएको भन्दै मन्त्रालयले बेलायतबाट वा बेलायतको बाटो हुँदै नेपालआएका सबैलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न र पिसिआर परीक्षण गर्न पनिआग्रह गरेको हो ।साथैसरकारी स्वास्थ्य प्रयोगशालामा आरटी पिसिआर परीक्षण गर्दा निःशुल्क परीक्षण गर्न सबै प्रयोगशालालाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे