जनजिविका सहकारी संस्थाको अध्यक्षमा पुन जीवराज शर्मा सर्वसम्मत चयन
भालुवाङ ११ कार्तिक । राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ पुल्चोकमा रहेकाे जनजिविका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः जीवराज शर्मा सर्वसम्मत चयन भएका छन् ।
संस्थाको आइतबार राप्ती गाउँपालिका-१ भालुवाङमा सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन शर्मा सर्वसम्मत चयन भएका हुन् । शर्माको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे । जसको उपाध्यक्षमा कृष्णा पाण्डे सुवेदी, सचिवमा गिरिराज पौडेल, कोषाध्यक्षमा जगत प्रसाद अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यमा घमानसिंह रावत, माधा अधिकारी, विष्णु प्रसाद पोख्रेल, विन्दु पौडेल र तुलसीराम पौडेल रहेका छन् ।
अधिवेशनले बसन्तराज भट्टराईको संयोजकत्वमा बासुदेव न्यौपाने र गोविन्द कुमाल सदस्य रहनेगरी लेखा सुपेरिवेक्षण समिति समेत चयन गरेको छ । संस्थाका अध्यक्ष जीवराज शर्माको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।