महिला पुरुष खुल्ला फुटबल प्रतियोगिता सकियो : पुरूष तर्फ बसन्तपुर र महिला तर्फ गढवा प्रथम



महिला पुरुष खुल्ला फुटबल प्रतियोगिता सकियो : पुरूष तर्फ बसन्तपुर र महिला तर्फ गढवा प्रथम

भालुवाङ २४ असोज । दाङको राप्ती गाउँपालिका–३ मसुरीया सिरिचौरमा सञ्चालित महिला/ पुरुष खुल्ला फुटबल प्रतियोगिता सकिएको छ ।

हिन्दुहरुको महान् चार्ड विजयादशमी तथा दिपावलीको अवसरमा घण्टदेव युवा क्लव मसुरीयाको आयोजनामा पुरुष र महिला फुटबल प्रतियोगिता हिजो सकिएको हो । १८ पुरुष र ४ महिला टिमले भाग लिएको फुटबल खेल मध्ये पुरूष तर्फ राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको बसन्तपुर युवा क्लब र सही वडाकै घण्टदेव युवा क्लब मसुरिया बीचको फाइनल प्रतिस्पर्धामा बसन्तपुर युवा क्लबले पेनाल्टीद्वारा घण्टदेव युवा क्लबलाई पराजित गरि बसन्तपुर युवा क्लब प्रथम हुन सफल भएको छ। भने आयोजक टिम घण्टदेव युवा क्लब दोस्रो हुन सफल भएको छ।

यसैगरी महिला तर्फको खेलमा गढवा गाउँपालिकाको महिला टिम र राप्ती गाउँपालिकाको घन्टदेव युवा क्लब महिला टिम बीचको फाइनल खेलमा गढवा गाउँपालिकाकाे महिला टिम प्रथम भएको छ। भने घन्टदेव युवा क्लबको महिला टिम २/० को अन्तरले गढवा महिला टिम प्रथम हुन सफल भएको छ भने आयोजक घण्टदेव युवा क्लवको महिला टिम दोस्रो भएको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुनेलाई ३० हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई १५ हजार नगद, कप, मेडल र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियोे भने महिला तर्फ प्रथम हुनेलाई ५ हजार नगद, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई २ हजार ५ सय नगद, कप, मेडल र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिएको थियो ।

क्लवका अध्यक्ष धुव्र भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा युवा समाजसेवी प्रकाश शाही, सिरिचौर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तुला गिरी, पत्रकार, प्रहरी र संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन क्लवका सचिव अशोक गिरीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे