अवधी भाषाको जीवन वृत्तान्त कृतिको विमोचन



अवधी भाषाको जीवन वृत्तान्त कृतिको विमोचन

देउखुरी २२ असोज । अवधी भाषामा लेखिएको जीवन वृत्तान्त कृतिको विमोचन गरिएको छ ।

देउखुरी साहित्य मञ्चको आयोजना तथा यादव समाज सेवा संघको सह–आयोजनामा सो कृतिको मंगलवार गढवामा विमोचन गरिएको हो । कृतिको विमोचन प्रमुख अतिथि साहित्यकार एकराज शर्माले गरेका छन् । साहित्यकार शर्माले जीवन वृतान्त कृति र कृतिकारको योगदान र साहित्य सेवा प्रतिको जागरुकताको बयान गरे ।

देउखुरी बहुमुखी क्याम्पसका उपप्रध्यापक हरेकृष्ण ज्ञवालीले कृतिको सूक्ष्म विवेचना गर्दै कृतिकारको हृदयदेखि सराहना गरे । १८ शीर्षकमा रहेको यो कृति अवधी भाषामा लेखिनुका सौन्दर्य पक्षहरुको चर्चा पनि गरे । यो कृति अनुसन्धानमूलक, साहित्य पनि संस्कृति पनि घुलित रसपान गर्न मिल्ने “जीवन वृतान्त “ अवध क्षेत्रका लागि धरोहर साबित हुने ओजपूर्ण समीक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे