सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार



सिसहनियाँ- महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीकाे जीवितै उद्धार

 गढवा २१ असोज । दाङको देउखुरीमा राप्ती नदीमा हाम फालेका एक युवकको जीवितै उद्दार गरिएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी ३२ बर्षिय आशाराम चौधरीलाई राप्ती नदीबाट प्रहरीले सकुशल उद्दार गरेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिएकी छिन् । सोमवार विहान करिब ८ बजेको समयमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट राप्ती नदीमा चौधरीले हाम फालेका थिए ।

प्रहरीका अनुसार चौधरी राप्ती पुलबाट हाम फालेको देखेपछी उनका भाईले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै खोजीकार्य सुरु गरेको केहि समयमै नेपाल प्रहरीले चौधरीलाई सकुशल उद्दार गर्न सफल भएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएकी छिन् । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि हाम फाल्नुको कारण नखुलेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिएकी छिन् । चौधरी अहिले इलाका प्रहरी कार्यालयमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे