ज्ञानेन्द्र र सुष्माकाे आवाज तथा सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक



ज्ञानेन्द्र र सुष्माकाे आवाज तथा सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक

लमही १९ असाेज ।  सञ्चारकर्मी प्रिया स्मृती गजमेरको शब्दमा रहेको दशैं तिहार गीत सार्वजनिक भएको छ ।

गायक ज्ञानेन्द्र स्वर्णकार र गायिका सुष्मा नेपाली ‘ग्रेस’ को सुमधुर आवाज रहेको गीतमा लय गायक स्वर्णकारको रहेको छ । गीत दाङमै छायांकन गरिएको हो । प्रदेसमा भएको प्रदेसीले दशैँ तिहारमा घर फर्किने, घर परिवारसंगै बसेर मनाउने, साथीभाईलाई घर फर्किदै गरेको भन्ने भाव व्यक्त गरिएको छ भने घरमा प्रदेसीलाई सम्झेर उसको पर्खाईमा बसेकी सानुले पनि सबै घर फर्की सके, मेरो प्रदेसी घर आउन किन ढिला भयो ? छिट्टै फर्किन आग्रह गरेको, टाढा हुँदा धेरै सम्झेको, घर आइहाल्छकी भन्ने झल्को लागि रहेको यस्तै यस्तै आशयको कथा रहेको छ ।

गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत यो गीत सार्वजनिक गरिएको छ । सन्तोष सुनामले गीतको एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी पोषण भण्डारीले गर्नु भएको छ भने यो गीतमा पोषण भण्डारी, शिवा चौधरी, हेमन्त चौधरी, काजल विश्वकर्मा लगायत जिके डान्स ग्रुप र क्रियु डान्स ग्रुपका कलाकारहरुको धमाकेदार डान्स रहेको छ । भिडियो प्रोडक्सनको काम केएसआर मुभी टिमले गरेको छ भने भिडियो सम्पादनको काम चेतन सामतले गर्नु भएको छ । कुमार सानुले गीत मिक्सिंग र मास्टरंगको काम गर्नु भएको छ ।

हेर्नु हाेस् याे भिडियाे

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे