पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले बाख्रा र भैंसीको निशुल्क उपचार गरी जन्म दिन मनाए



पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले बाख्रा र भैंसीको निशुल्क उपचार गरी जन्म दिन मनाए

सिसहनियाँ १४ असोज । पशु स्वास्थ्यकर्मी कृष्ण विष्टले आफ्नो ४३ औं जन्म दिन रचनात्मक कार्य गरेर मनाएका छन् ।दाङको राप्ती गाउँपालिका– ५ प्रगतिनगर सिसहनियाँ निवासी विष्टले आफ्नै वडाको लठ्ठहवा र पहरुवाका ३ जना पशुपालक किसानको घरमा पुगेर बाख्रा र भैंसीको उपचार गरेर आफ्नो जन्म दिन मनाएका हुन् । जन्मदिनमा केक काट्ने, पाटी गर्ने तथा फजुल खर्च गर्ने संस्कारलाई चुनौती दिदै विष्टले आफ्नो जन्मदिनको अवसरमा रचनात्मक कार्य अन्तर्गत पशुपालक किसानको घरमा एकाविहानै पुगेर बाख्रा र भैसीको उपचार गरेर जन्म दिन मनाएका हुन् ।

जन्मदिनमा केक काट्नु, पाटी गर्नु तथा फजुल खर्च गरेर जन्मदिन मनाउने हाम्रो संस्कार होइन, विष्टले भने । हामीले जन्मदिन जस्ता पबित्र कार्यहरुमा यस्ता रचनात्मक काम गर्नु नै सच्चा धर्म भएको बताए । साथै उनले अरुलाई पनि रचनात्मक कार्यक्रम गरेर जन्मदिन मनाउन सुझाब दिएका छन् । जसले समाज र नयाँ पुस्तामा समेत यस्तो संस्कारको सन्देश पुग्ने विष्टले बताएका छन् । विष्ट नेपाल पारा भेटेनरी एसोसियसनका केन्द्रिय सदस्य र नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका उपसचिव हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे