लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा



लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित घाेषणा

दाङ १४ असाेज । लुम्बिनी प्रदेश पूर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा गरिएको छ । १५ महिनाकाे उमेर भित्र राष्ट्रिय खाेप तालिका बमाेजिम पाउनुपर्ने सबै मात्रा खाेप लिएकाे अवस्थालाई सुनिश्चित गरिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई पूर्णखाेप सुनिश्चित भएको घाेषणा गर्नु भएको हाे ।

लुम्बिनी प्रदेशमा आर्थिक बर्ष २०८०/०८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका १३० शून्य डाेजका र दुई हजार तीन सय ४३ खाेप लगाउन छुटेका ड्रप आउट बालबालिकालाई खाेजि गरेर पूर्ण खाेप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार ८ सय ५६ जना बालबालिकाले पूर्णखाेप पाएकाे सुनिश्चित गरिएपछी पूर्णखाेप सुनिश्चित प्रदेश घाेषणा गरिएको हाे ।

घाेषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारु लगायत स्थानीय तहका प्रमुख /उपप्रमुखहरुकाे सहभागीता थियाे । बालबालिकाहरुमा विभिन्न सरुवा राेग बिरुद्ध खाेप लगाइदै आएकाे छ ।

क्षयरोग, भ्यागुते राेग, लहरेखाेकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमाेफिलस इन्फ्लुएञ्जा बी, पाेलियाे, दादुरा, रुबेला, न्यूमाेनिया, मेनिन्जाईटिस, जापानि इन्सेफलाइटिस, टाइफाइड, राेटा भाइरस बाट हुने झाडापखाला बिरुद्ध खाेप उपलब्ध गराउदै आइएकाे हाे । नेपालमा २०६९ पुस १४ गते अछाम जिल्लाकाे भागेश्वर गाउँविकास समितिबाट पूर्णखाेप घाेषणा गरी सुरु गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे