नेकपा एकिकृत समाजवादीकी जिल्ला उपाध्यक्ष गुरुङ सहित ३ जना एमालेमै फर्किए
भालुवाङ ३१ भदाै । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरि ३ जना नेता नेकपा एमालेमै फर्किएका छन् ।
एकिकृत समाजवादी दाङ जिल्ला कमिटी उपाध्यक्ष बिष्णु गुरुङ, जिल्ला कमिटी सदस्य तथा राप्ती कमिटी सचिव लुमबहादुर गुरुङ, अनेमसंघ जिल्ला कमिटी सदस्य तथा राप्ती उपाध्यक्ष बेला नेपाली नेकपा एमालेमा फर्किएका हुन । साेमवार नेकपा एमाले राप्ती गाउँ कमिटीले पार्टी कार्यालय मसुरियामा एक कार्यक्रम गरि पार्टी प्रवेश गराएको हो । गाउँ कमिटी अध्यक्ष मदन अधिकारीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्बाधार मन्त्री भुमेश्वर ढकालको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थी, लुम्बिनि प्रदेश कमिटि सदस्य,राप्ती गाउँपालिका इन्चार्ज जगत पोख्रेल, दाङ जिल्ला कमिटि सदस्य धर्मराज अधिकारी, जिल्ला सल्लाहकार गोकर्ण राना लगायत पार्टीका जिम्मेवार नेता कार्यकर्ताको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको सहजीकरण गिरीराज पौडेलले गरेका थिए ।