ओली भेलाको निर्णय : पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति, महाधिवेशन मंसिर २ मा



ओली भेलाको निर्णय : पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई, ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति, महाधिवेशन मंसिर २ मा

काठमाण्डौ ७ पुस। प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली समूहको भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ ।

आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा पार्टी प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यस्तै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेकाे छ ।

कुल सदस्य संख्या ११९९ रहने गरी मौजुदा संख्या केन्द्रीय कमिटीमा ५५६७ जना थप्ने सहमति भएको उनको भनाइ छ । अहिले सदस्य संख्या १ हजार ३ रहने र रिक्त १९६ पछि थप्ने गरी निर्णय भएको ओली पक्षका नेताहरुको भनाइ छ । बैठकमा मनोनित सदस्यहरुलाई अध्यक्ष ओली सपथ ग्रहण समेत गराएकाे छ ।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ मा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बोलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे