मतदाता नामावली संकलन कार्य स्थगित गर्न निर्वाचन आयोगको निर्देशन



मतदाता नामावली संकलन कार्य स्थगित गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौ, ७ पुष । निर्वाचन आयोगले हाल जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ।आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचन मिति तय गरेसँगै आयोगले मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको हो। सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे