देउखुरीकाे राप्ती गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु



देउखुरीकाे राप्ती गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु

तिर्थराज ज्ञवाली, मसुरिया ७ पुस ।

राप्ती गाउँपालिकाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरिएको छ । विगतको वर्ष जस्तै यस वर्ष पनि ८२ वर्ष देखी ८४ वर्ष बिचका जेष्ठ नागरिकहरुलाई एक वटाका दरले ब्ल्यांकेट वितरण गर्न सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ९ वटै वडाका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिने कार्यक्रम रहेको छ ।

वडा नं. १ मा १३ जना, वडा नं. २ मा १९ जना, ३ मा १९ जना, ४ मा १६, ५ मा १४, ६ मा ८, ७ मा ५, ८ मा १५ र ९ नं. वडामा ६ गरी कुल १ सय १५ जना जेष्ठ नागरिकहरुलाई ब्ल्यांकेट वितरण गरिने महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसीले बताइन् ।

गाउँपालिका उपाध्यक्ष जगदम्बा कुमारी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आथित्यतामा वडामै पुगेर न्यानो कपडा वितरण सुरु गरिएको छ । भने वडामा आउन नसक्ने जेष्ठ नागरिकहरुलाई वडा जनप्रतिनिधि तथा कर्मचारीले घरमै पुगेर ब्ल्याङ्केट प्रदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे