दाङ- देउखुरीको लालमटियामा पनि मनाइयाे २११ औं भानु जयन्ती



दाङ- देउखुरीको लालमटियामा पनि मनाइयाे २११ औं भानु जयन्ती

भालुवाङ ३० असार । राष्ट्रिय विभूति आदिकबि भानुभक्त आचार्यकाे २११ औं जन्म जयन्ती दाङ-देउखुरीकाे लालमटियामा एक कार्यक्रमको आयाेजना गरी मनाएको छ ।

भानु प्रतिष्ठान लुम्बिनी प्रदेशकाे आयाेजनामा शनिबार राप्ती गाउँपालिका-२, लालमटिया स्थित पब्लिक एजुकेशन एकेडेमीमा साहित्यक विमर्श तथा कविता वाचन कार्यक्रम गरी मनाएकाे हाे । प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक बमबहादुर डिसीको अध्यक्षता एवम् बरिष्ठ साहित्यकार विरकेश्वरी गाैतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले समाजमा भएका विकृति विसंगतीको अन्त्य गर्न साहित्यको भुमिका महत्त्वपूर्ण रहेको बताएका थिए ।

त्यस्तै उनीहरूले संस्कार, संस्कृति, भाषा, भेषभुसा, दाम्पत्य जिवनमा समेत विकृति फैलिदै गएकोले साहित्यको माध्यमबाट विकृति अन्त्य गर्न साहित्यकारहरूको भुमिका रहने बताएका थिए । सो अवसरमा कृष्ण गिरी, जिवराज शर्मा, विक्रान्त ज्ञवाली, गोविन्द केसी, यज्ञ विकले कविता वाचन गर्नु भएकाे थियाे । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका प्रदेश सचिव विक्रान्त ज्ञवालीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे