बिषालु सर्पको टोकाइबाट दाङको राप्तीमा एक जनाको मृत्यु



बिषालु सर्पको टोकाइबाट दाङको राप्तीमा एक जनाको मृत्यु

भालुवाङ २२ असार । दाङमा बिषालु सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको .छ । दाङ—सर्पको टोकाइबाट राप्ती गाउँपालिका वडा नं. २ नयाँ बस्ती निबासी वर्ष ६८ का डल्ले कुमालको मृत्यु भएको हो ।

कुमाललाई शुक्रबार बेलुका साढे ८ बजेको समयमा बिषालु सर्पले टोकेको थियो । लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा  कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । यस्तै ४ वर्ष पहिले सर्पको टोकाईबाट कुमालको नातीको समेत मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे