लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री परिषद् कार्यालय सहित तीन मन्त्रालय डुबानमा



लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री परिषद् कार्यालय सहित तीन मन्त्रालय डुबानमा

राप्ती उपत्यका (देउखुरी) २२ असार ।  शुक्रबार साँझदेखि परेको अबिरल बर्षाका कारण राप्ती उपत्यका देउखुरी भित्र रहेका मन्त्रालयहरु समेत डुबानमा परेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका छन् भने अन्य मन्त्रालयहरुको आँगन जलमग्न भएको छ ।

एउटै कम्पाउन्ड भित्र रहेका यी मन्त्रालय नजिकै कन्स्ट्रक्सनको काम भइरहेकोले निकास नहुँदा झन् समस्या भएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । बर्षा रोकिएपछि जम्मा भएको पानी तत्काल हटाउने सचिव पुनले बताए । राजधानी स्थापना भएपछि पानीको सहज निकास छैन । जसले गर्दा समस्या दोहोरिने गरेको छ ।

तीन अर्बको लागतमा राजधानी क्षेत्रमा प्रशासनिक भवनहरु निर्माणको काम भइरहेको छ । एक झर पानी पर्दा पनि संकलन भएको पानीको उचित निकास छैन् । पक्की नाला निर्माण गरेर पानीको निकासको व्यवस्थापन गरिएको भएपनि सहज रुपमा पानी बग्ने गरेको छैन् । हाल चालु र निर्माणाधिन रहेका मन्त्रालयको परिसरमा पानी जम्मा भएको थियो । गत बर्ष पनि मन्त्रालयहरुमा यस्तै डुबानको समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे