शान्ति सामुदायिक वन क्षेत्रबाट साल जातको ७ थान चिरान काठ बरामद



शान्ति सामुदायिक वन क्षेत्रबाट साल जातको ७ थान चिरान काठ बरामद

भालुवाङ १९ असार । दाङको देउखुरीमा प्रहरीले साल जातको ७ थान चिरान काठ बरामद गरेको छ ।

मंगलवार राती ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ४ स्थित शान्ति सामुदायिक वनको देवीकोट जाने बाटोको छेउबाट सो चिरान काठ प्रहरीले बरामद गरेको हो । काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी निरिक्षक अमरबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त बनमा बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ बरामद गरेको हो ।

बरामद गरिएको काठका विषयमा आवश्यक कारवाहीको लागी राप्ती सब डिभिजन वन कार्यालय मसुरिया पठाइएको प्रहरी निरिक्षक अमरबहादुर माझीले जानकारी दिएका छन् । सो काठ राप्ती गाउँपालिकाको ९ नम्बर वडाबाट ल्याउन लागेको हुन सक्ने प्रहरी निरिक्षक माझीले बताएका छन् । काठ तस्करहरुको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक माझीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे