दाङमा मंसिर महिना मात्रै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु



दाङमा मंसिर महिना मात्रै सवारी दुर्घटनाबाट ८ जनाको मृत्यु

दाङ ४ मंसिर । दाङमा चालकहरुले ट्राफिक नियमको व्यापक उल्लघंन गर्दै आएका छन् । गएको मंसिर महिनामा ८ जनाको सवारी साधन दुर्घटनामा परि मृत्युभएको छ भने ७ हजार जना चालक कार्वाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ७ हजार चालकहरुलाई कार्वाही गर्दा ४१ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

जस्मा मोटरसाईकल चालक दुई हजार ५ सय ३७, ट्रक चालक २ हजार १९ जना, जीपका चालक ७ सय ५३ जना, बसका चालक ६ सय ५८ जना, टेम्पोका चालक ५ सय ३३ जना र ट्याक्टरका चालक ५ सय जना कार्वाहीमा परेका हुन् । तिब्र गतिमा कुदाउने, क्षमता भन्दा धेरै यात्रु र समान बोक्ने, लाईसेन्स र ब्लु बुक नभएका र मादक पदार्थ सेवन गरि गाडी चलाएका चालकलाई कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।सवारी दुर्घटना न्यूनिकरण बिषेश अभियान मार्फत प्रहरीले दर्जनौ स्थानमा सवारी जाँच र विद्यालय केन्द्रित सचेतना सुरु गरेको छ ।

चार दिनमा १९ वटा विद्यालयमा पुगेर सचेत पारिएको र ३४ वटा मोटरसाईक तथा स्कुटरलाई नियन्त्रण लिईएको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । नियन्त्रणमा लिईएका विद्यार्थीहरु सँग चालक अनुमती पत्र नभएको र उनिहरुको अभिभाबकलाई समेत प्रहरी कार्यालयमा बोलाई प्रहरीले ट्राफिक नियमका बारेमा प्रशिक्षण दिएको छ । चालु आर्थिक बर्षको ५ महिनामा दाङमा सवारी दुर्घटनामा परि ३४ जनाको मृत्युभएको छ ।

दाङमा वितेको ५ महिनामा एक सय ११ वटा सवारी साधन दुर्घटनामा परेका छन् । ति मध्य ८९ वटा दुर्घटना तिब्र गतिकै कारणले भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे