दाङको जुराैनीमा १ घरगोठमा आगलागी , ५ लाख बराबरको क्षति



दाङको जुराैनीमा १ घरगोठमा आगलागी , ५ लाख बराबरको क्षति

भालुवाङ २९ जेठ । दाङमा १ घरगोठमा आगलागी भएको छ ।

जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा मंगलबार दिउसो अन्दाजी १ बजेको समयमा सफर मियाको घरमा विद्युतसर्ट भई आगजनी भएको छ । आगोबाट घरगोठ पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । खरको छाना र काठबाट बनेको घर भित्रका रहेका भाँडा बर्तन, लत्ता कपडा, अन्नपात सबै जलेर नष्ट हुँदा करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ।

त्यस्तै गोठमा बाँधेको राखेका एक गाई र एक गोरु जलेर घाइते भएका छन् । घटनामा कुनै खालको मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिमेन्ट कारखानाका कर्मचारी र दमकलको सहायताबाट करिब ३ बजे नियन्त्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे