राप्ती गाउँपालिकाकाे लालमटियामा सञ्चालित ३ महिने सिलाई कटाई तालिम सम्पन्न
भालुवाङ २८ जेठ। दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम साेमबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका वडा नं. २ काे सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत साे तालिम सम्पन्न भएको हाे। राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष पहलवान चाैधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिमकाे समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चाैधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जाेडिन सुझाव दिइन्। राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चाैधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गरिन् ।
आफूले पनि विगतमा सिलाई पेशा गरेकाे अनुभव सुनाउदै उपाध्यक्ष चाैधरीले व्यवसाय गर्दा धैर्यता हुनुपर्ने बताइन् । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चाैधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वराेजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए। तीन महिने तालिमले मात्रै व्यवसाय गर्न पर्याप्त नहुने उल्लेख गर्दै अध्यक्ष चाैधरीले तालिमका सहभागीहरुलाई आगामी आर्थिक वर्षमा आवश्यक एड्सभान्स सहित फेसन डिजाइनरकाे तालिम समेत उपलब्ध गराउने बताए। कार्यपालिका सदस्य रणबहादुर पुजाली, वडा सदस्यहरु टेक बहादुर रावत, मन बहादुर पुन, तुलसा विक, उद्यम विकास सहजकर्ता बिनिता चाैधरी लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे सहजीकरण वडा सचिव सीता भण्डारी आचार्यले गरेकी थिइन् । १ सय जना महिलाहरुकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षकमा अनिता चाैधरी र मिना पुन मगर रहेका थिए।