आदर्श नमुना माविका शिक्षक र विद्यार्थीहरुद्धारा अग्नी पिडितहरुलाई २० हजार नगद सहयोग



आदर्श नमुना माविका शिक्षक र विद्यार्थीहरुद्धारा अग्नी पिडितहरुलाई २० हजार नगद सहयोग

भालुवाङ २५ जेठ । दाङमा एक विद्यालयका विद्यार्थीहरुले १ दिनको खाजा खर्च कटाएर आगलागी पिडितहरुलाई सहयोग गरेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा रहेको आदर्श नमूना माविका विद्यार्थीहरुले १ दिनको खाजा खर्च कटाएर जम्मा गरेको १० हजार र शिक्षक कर्मचारीबाट संकलन गरेको १० हजार गरि कुल २० हजार रुपैयाँ राजपुर गाउँपालिका वडा नम्बर ७ हाँडबासका अग्नी पिडितहरुलाई सहयोग गरेका छन् । आगलागीबाट सो गाउँका २४ घर जलेर नष्ट भएका थिए ।

शिक्षक र विद्यार्थी आगलागी भएको गाउँमा पुगी सो रकम हस्तान्तरण गरेको विद्यालयका सहायक प्रधानाध्यापक विष्णुप्रसाद पोख्रेलले जानकारी दिएका छन् । रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकहरु मीनबहादुर बुढाथोकी, बिष्णुप्रसाद पोख्रेल, यादव आचार्य र शिक्षक कुमार पुन सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे