लुम्बिनी प्रदेश योजना अयाोगले पायाे पूर्णता, प्रदेश मन्त्री परिषद् बैठकद्वारा तीन जना सदस्य नियुक्त
भालुवाङ २४ जेष्ठ । लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ । प्रदेश मन्त्रिपरिषद्को आज बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गरेपछि आयोगले पूर्णता पाएको हाे ।
अघिल्लो प्रदेश मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो । एक उपाध्यक्ष सहित तीन जना सदस्य रहने व्यवस्था छ । जस अनुसार यस अघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछि आयोगले पूर्णता पाएको छ ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले जानकारी दिए ।
मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ । यस्तै शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लाहरुमा कार्यालय स्थापना गर्ने गरेकाे सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८०/०८१ को चैत मसान्त सम्म योजना आयोगबाट स्वीकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमति लिएका बहुबर्षीय योजनाहरुलाई जेठ मसान्त सम्म अगाडी बढाउने समेत निर्णय गरेकाे छ ।