नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन : अध्यक्षमा शिबकुमार आचार्य



नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन : अध्यक्षमा शिबकुमार आचार्य

दाङ ७  जेठ । नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

घोराही स्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहान देखि जारी अध्यक्ष मण्डलको बैठकले शिबकुमार अध्यक्षको नेतृत्वमा १२४ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य एमाले महासचिव शंकर पोख्रेलका बहिनी ज्वाँइ हुन् । आचार्यकी श्रीमति मेनका समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य हुन् । स्रोतका अनुसार जिल्ला उपाध्यक्षमा यस अघिका सचिव मनोहर बुढाथोकी रहेका छन् । सचिवमा तुलसीपुर – १२ का पूर्व अध्यक्ष श्याम डाँगी चयन गरिएका छन् । त्यस्तै उपसचिवमा बबइ गाउँपालिकाका पूर्व अध्यक्ष भूवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी उपाध्यक्ष सीता चौधरी चयन गरिएका छन् ।

सदस्यहरुमा बंगलाचुलीबाट सरस्वती कुमारी घर्ती, सरस्वती कुमारी घर्ती, हेमराज पुन, गिरबहादुर कवर, बेदप्रकास जिसी चयन भएका छन् । गढवा गाउँपालिकाबाट सानुनारायण अधिकारी, मोहन बुढा, दामोदर ढुङ्गाना, मघा चौधरी, केशरी गिरी, बावुराम अधिकारी चयन भएका छन् । राप्ती गाउँपालिकाबाट हरि बेल्वासे, धर्मराज अधिकारी, प्रेमबहादुर केसी, गोमाया केसी खत्री, रामपती चौधरी र पुष्पराज अधिकारी चयन भएका छन् । राजपुर गाउँपालिकाबाट सिता यादव, गोविन्द विक, धनमाया चौधरी, कमला परियार र मुना बहादुर खड्का चयन भएका छन् । लमहीबाट ज्ञानराज नेपाली, गोमा बस्नेत, सिता चौधरी, भुमाण्डव केसी, सितल भुषाल, मनोजकुमार पुन र शिवराज गिरी चयन भएका छन् । दंगीशरणबाट भागीराम चौधरी, एम एन शाह, गणेश आचार्य, सुमित्रा विक, रेशम वली र यसोदा घिमिरे चयन भएका छन् । शान्तिनगर गाउँपालिकाबाट धनबहादुर केसी, मुकुन्द जिसी, मित्रलाल बागचन्द, बेलमती रावत र सरीता थापा चयन भएका छन् ।  बबई गाउँपालिकाबाट टेकबहादुर वली, नन्दलाल वली, डिल्लीबहादुर बुढाथोकी, प्रेमबहादुर राम्जा, शोभीकुमारी खड्का, शान्ता विक, चन्दा वली चयन भएका छन् ।

घोराहीबाट हिमा विक, कुमारी चौधरी, पशुपती चौधरी, माया रावत, विष्णु कालाथोकी, गिता स्वर्णकार, प्रतिज्ञा अधिकारी, पार्वती नेपाली, बसन्त बस्नेत, लक्की लामा, भक्तबहादुर केसी, गोकर्ण वली, टंक सुनार, पोषण नेपाली, विकास चौधरी, सुदन केसी, कुलबहादुर लामिछाने, दोर्णबहादुर बहकरी, प्रेमबहादुर बुढा, भानसिं बुढा, दोर्ण पाण्डे, जगलाल चौधरी, मानबहादुर विक, प्रविण पुन, देउमन दमाई, केशवराज आचार्य र कृष्ण घर्ती चयन भएका छन् । तुलसीपुरबाट विकास नेपाली, शिव परियार, मंगल विक, गौरी नेपाली, युवा सुनार, सन्तोष वली, माधव वली, मोहन पौडेल, संगीत बस्याल, देवु बस्नेत, गायत्री डाँगी, गंगा वली, सुशिला नेपाली, तुल्सा डाँगी, बसन्त सापकोटा, पुस्पा लामिछाने, उषा अधिकारी खरेल, रामप्रसाद चालिसे, भिमबहादुर योगी, डिल्लीबहादुर डाँगी, बालकृष्ण राना, नवराज लामिछाने, अमर खड्का र रिता नेपाली चयन भएका छन् । जनजातीतर्फ मंगल चौधरी, इश्वर बुढा, बसन्ती चौधरी र दिनेश श्रेष्ठलाई खुल्ला तर्फ विष्णु केसी, विवेक श्रेष्ठ, भुवन चौधरी र युवराज ज्ञवाली महिला तर्फ मेनका देवी रेग्मी, लक्ष्मी शर्मा, सरस्वती खत्री, रेखा केसी र गीता पौडेल लेखा आयोगतर्फ खिमबहादुर डाँगी, गणेश दहाल, रामप्रसाद गौतम, रामप्रसाद पोखरेल, मोहनराज आचार्य, पुष्पा नेपाली र पद्मा चौधरी अपांग तर्फ दोलक खत्री मुस्लीम तर्फ साजिद मिया मजदुरमा खगेन्द्र बहादुर वली चयन भएका छन् ।

जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको थियो । त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल लगाएतका नेताहरु थिए । यसअघि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको जिल्ला अधिबेशन उद्घाटन गर्न आउने तयारी गरिएको भएपनि केन्द्रमा भइ रहेको राजनीतिक उथुलपुथलका कारण अन्तिम समयमा रोकिएको थियो । त्यसपछि महासचिव पोख्रेल आँफै गृहजिल्लाको पार्टी अधिबेशन उद्घाटन र सम्बोधन गर्न आएका थिए । उनी दाङमै छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे