दाङको राप्ती गाउँपालिकामा हावाहुरीले दर्जनाैको घरको छाना उडायो, लाखौंको क्षति 



दाङको राप्ती गाउँपालिकामा हावाहुरीले दर्जनाैको घरको छाना उडायो, लाखौंको क्षति 

भालुवाङ ७ जेठ । आइतबार राती पानी सँगै असिना र हावाहुरीले राप्ती गाउँपालिकाकाे वडा नम्बर ६ र ७ मा दर्जनाै घरमा क्षति पुर्‍याएको छ ।

राती करिव ८ बजेको समयमा आएको हावाहुरीले राप्ती गाउँपालिका वडा नं.६ बगरापुर, सगरापुर, भगवानपुर र वडा नं.७ छोट्की सिसहनियामा दर्जनाैको  घर, भान्सा घर , गोठ र सार्वजनिक पाटी पौवा तथा बिद्युतको पोलहरुमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी सहायक निरिक्षक प्रेमबहादुर रानाले जानकारी दिएका छन् । उनका अनुसार राप्ती ६ बगरापुर निवासी जलिराम चौधरीको ईट्टा र माटोले बनेको टिनले छाएको २ तले पक्की घरको छानो उडाउँदा १ लाख बराबरको क्षति भएको प्रहरी सहायक निरिक्षक रानाले जानकारी दिएका छन् ।

त्यस्तै सोही ठाउँ निवासी गोबिन्द चौधरीको खर र माटोले बनेको टिनले छाएको १ तले कच्ची घरको छानो उडाउँदा ५० हजार, उर्मिला चौधरीको खर र माटोले बनेको टिनले छाएको १ तले कच्चि घरको छानो उडाउँदा १ लाख, सगरापुर  का चेचराम चौधरीको खर र माटोले बनेको टिनले छाएको १ तले कच्ची भान्सा घरमा रूख ढल्दा भान्सा घरमा क्षती भएको र घर अगाडी रहेको पावर ट्रिलरमा समेत सामान्य क्षती पुगी करिव ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै सोही ठाउँ निवासी रघुराज चौधरीको खर र माटोले बनेको टायलले छाएको १ तले कच्ची घरमा रूख ढली छानो र घरमा क्षती पुर्‍याउदा ५० हजार, खुरखुरी चौधरीको काठले बनेको टिनले छाएको ओम शान्ती कुखुरा फर्मको खरको छानो उडाउँदा ५० हजार, लाहुराम चौधरीको खर र माटोले बनेको टिनले छाएको १ तले कच्ची घरको टिनको छानो उडाउँदा ५० हजार, हरिहर चौधरीको खर र माटोले बनेको १ तले कच्ची घरको छानो उडाउँदा २ लाख ५० हजार, प्रेम परियारको ईट्टाले बनेको टिनले छाएको १ तले भान्सा घरको छानो १ लाख ५० हजार क्षति भएको छ ।

त्यस्तै सोही वडाको भगवानपुर निवासी  जगत नारायण चौधरीको ईट्टा र माटोले बनेको टिनले छाएको ३ तले कच्ची घरको छानो र घरको गारोमा समेत क्षती हुँदा ३ लाख, सोही ठाउँका केशु चौधरीको खर र मटोले बनेको टिनले छाएको १ तले कच्ची घरको छानो उडाउँदा १ लाख ५० हजार, संगिता चौधरीको १ तले पक्की घरको माथी घर नजिकै रहेको रुख घर माथी खस्दा घरको छतको भाग र झ्यालमा क्षती पुर्‍याउँदा १ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही वडाको बगरापुर निवासी कैलाश चौधरीको ईट्टाले बनेको १ तले टायलले छाएको कच्ची भान्सा घरमा रूख ढल्दा भान्सा घर र नजिकै रहेको गोठमा समेत क्षती हुँदा ५० हजार, सोही ठाउँमा रहेको काठले बनेको टिनले छाएको १ तले मरुवाको थानमा रुख ढली छानो पुर्ण रुपमा क्षती भएको र सोही मरुवा नजिकै रहेको अर्को मरुवाको थानमा समेत सामान्य क्षती ५० हजार, सोही ठाउँ निवासी सत्यकुमारी चौधरीको माटो र खरले  बनेको टिनले छाएको १ तले कच्ची घरको छानो उडाएर ८० हजार, थानेश्वर मन्दिर नजिकै रहेको रुख ढली मन्दिरको कमपाउण्डमा रहेको रेलिङमा क्षती हुँदा १० हजार क्षति भएको छ । त्यस्तै भगवानपुरबाट जुनकिरण टोल जाने नेपाल बिद्युत प्राधिकरणको सिमेन्टको पोल भाचिएको छ ।

यस्तै वडा नं.७ छोट्की सिसहनियाका बिक्रम चौधरीको खर र माटोले बनेको टिनले छाएको १ तले भान्सा घरको छानो उडाएर उडाउँदा ५० हजार,सोही वडाको अर्नहानपुर निवासी  प्रकाशचन्द्र बिष्टको ईट्टा र माटोले बनेको टिनले छाएको २ तले कच्ची घरको छानो उडाउँदा २ लाख बराबरको क्षति भएको छ । यसै बीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले हावाहुरीले क्षति पुर्‍याएको वडाको स्थलगत रूपमा निरिक्षण गरेका छन् । हावाहुरीले पुर्ण रूपमा क्षति भएको घरलाई वडाको सिफारिसमा थोरै भएपनि राहत उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे