पूर्व प्रदेश सांसद निर्मला क्षेत्रीद्धारा अर्घाखाँचीका आगलागी पीडितलाई राहात हस्तान्तरण
अर्घाखाँची २ जेष्ठ । लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तिमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबार विहिन बन्न पुगेका थिए ।
पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको छ । पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताइन् ।
जिल्लाको भुमिकास्थान नगरपालिका वडा न- १,३ ४ र ५ मा क्रमस: वितरण गरिएको बताइएको छ । मालारानी गाउँपालिका वडा न-२ ५, शितगंगा नगरपालिका वडा न- ५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका वडा न- ४ र ५, सन्धिखर्क नगरपालिका वडा न-२ मा आगलागि पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दिगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सम्सदीय दलको पूर्ब सचेतक समेत रहेकी क्षेत्रीले प्राकृतिक विपत्तिको घडिमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्ने बताइन् । नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।