लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित राई नेतृत्वको जनता समाजवादी पार्टीमा



लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित राई नेतृत्वको जनता समाजवादी पार्टीमा

दाङ ३० बैशाख । लुम्बिनी प्रदेशसभाका दुई सांसद नवगठित असाेक राई नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् । प्रदेशसभा सदस्यहरू आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन्।

अहिर २ (१) बाट र अग्रवाल २ (२) बाट निर्वाचित हुन् । लुम्बिनीबाट जसपा नेपालका ३ प्रदेशसभा सदस्य थिए । बाँकेबाटै समानुपातिक तर्फ निर्वाचित अम्बिका काफ्लेले भने जसपा नेपालमै रहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे